Rule 21
स्वास्थ्य उपचारको व्यवस्था गर्नु पर्ने
ऐनको दफा २४ को उपदफा (२) बमोजिम निजी लगानी तथा सार्वजनिक शैक्षिक गुठीको रुपमा सञ्चालित विद्यालयले निःशुल्क स्वास्थ्य उपचारको लागि देहाय बमोजिमको व्यवस्था मिलाउनु पर्नेछ:-
(क) प्राथमिक उपचारका सामग्री सहितको प्राथमिक उपचार कक्षको व्यवस्था गर्ने,
(ख) प्रचलित कानून बमोजिम सञ्चालित स्वास्थ्य संस्थामा आवश्यकताको आधारमा विद्यार्थीको स्वास्थ्य परीक्षण गराउने,
(ग) विद्यार्थीलाई आवश्यक मनोसामाजिक परामर्श सेवाको व्यवस्था गर्ने ।